रूपन्देही सामूहिक हत्याकाण्डः झपेन्द्रले यसअघि नै दिएका थिए मार्ने धम्की !

काठमाडौं । रूपन्देहीमा भएको सामिूहिक हत्या प्रकरणमा पक्राउ परेका झपेन्द्र सिंह सिंजालीले यसअघि नै ज्यान मार्ने धम्की दिएको खुलेको छ ।

प्रहरी अनुसन्धानका अनुसार झपेन्द्रले गएराति हत्या गरेका माधव मुसहरसँग घटना भएको गंगादेवी पशु फार्ममै झगडा भएको थियो । झगडाका क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएका थिए ।

अहिले ती अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइसकेको छ । अनुसन्धानका क्रममा हत्याका थप कारण खुल्नेछन् । सामूहिक हत्या भएका पाँचैजनाको पहिचान भने खुलिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति भएको सामुहिक हत्यामा ज्यान गुमाउनेमा करण चौधरी, १७ वर्षीया आशिष चौधरी, ३५ वर्षीया जानकी मुसहर, ४० वर्षीया माधव मुसहर र १४ वर्षीया पोषराज मुसहर रहेका छन् । माधव र जानकी श्रीमान–श्रीमती हुन् ।

सिंजालीलाई स्थानीयले बिहानै फार्ममै भुसभित्र लुकेकाे अवस्थामा फेला पारी प्रहरीकाे जिम्मा लगाएका थिए । सिंजाली लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ । उनले हत्या गरेकाे पनि स्वीकारिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *