क्वारेन्टिनमा दिइएकाे सरसामानसहित ४० जना फरार
मकालु खबर
२०७७ जेठ २७ गते
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४/१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरी चौकीमा दिइसकिएको भएपनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस
मकालु खबर
२०७७ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित