नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।

संसद्मा संविधान संशोधन प्रस्ताव पेस हुने भएकाले आज (मंगलबार) अपरान्ह बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । सचिवालय बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची थियो ।

एमसीसी प्रस्ताबारे नेकपा विभाजित छ । सदनदेखि सडकसम्म यसको विरोध उठिरहेको छ । दिनहुँजसो यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *