बालुवाटारमा प्रदर्शनः ‘सरकारको सरोकार, कार्पेट कि पीसीआर ?’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा प्रदर्शन भएको छ । सामाजिक अभियान्ता तथा व्यवसायीहरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले सरकारको कर ताकेता, कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा भएको १० अर्ब खर्च, रोगको लक्षण नदेखिइ कोरोना परीक्षण रोक्ने, राष्ट्रपति भवनमा गलैँचा विछ्याउने लगायतका विषयको विरोध गरेका थिए ।

क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षण हुनुपर्ने, कोरोना रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । आरडीटी परीक्षण रोक्नुपर्ने उनीहरुको भनाइ छ । कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महंगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् ।

उनीहरूले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ?’, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब खोइ ?’,  ‘खर्च पारदर्शी गर’, ‘असुरक्षित क्वारेन्टाइन कोरोनाको स्वर्ग हो,’ ‘इनअफ इज इनअफ’ लेखेको प्लेकार्ड समेत बोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *