लकडाउनमा मान्छेहरूले घरमा त्यस्ताे के गरे, जुन उनीहरूले कहिल्लै गरेका थिएनन्

काठमाडाैं । लकडाउनमा यस्ता थुप्रै कुरा भएका होलान् जुन तपाईंले कसैलाई भन्न सकिरहनुभएको छैन होला । बीबीसीले केही हप्ता अघि मानिसहरुलाई उनीहरुको लकडाउनको कन्फेशन पठाउन आग्रह गरेको थियो ।

घरमा बन्द भएका कारण हामी सबैले केही न केही छोड्नु परेको छ । तपाईंका केही नयाँ गिल्ट सिक्रेट पनि होलान् जुन तपाईं कसैलाई भन्न खोजिरहनुभएको हुनसक्छ, तपाईंमध्ये कतिले नियम तोड्नुभएको पनि होला, यस्तै कतिले आफ्नो लागि नियम पनि बनाउनुभएको होला ।

बीबीसीले त्यहि कहानी सार्वजनिक गरेको छ । यहाँ उनीहरुको पहिचान लुकाइएको छ ।

‘मैले आफ्नो कामको लागि बनाएको एउटा प्रिजेन्टेशन छोराको होमवर्कको रुपमा पठाइदिएँ । किनभने उसले आफ्नो होमवर्क गर्न बिर्सेको थियो । यसका लागि छोराको निकै तारिफ भयो । सबै सामान एक एक गरी धुनु एक किसिमको टाउको दुखाई पनि थियो । त्यसकारण मैले आफ्नो सासुका लागि मगाएको सामान नधोइकनै झोलामा हालिदिएँ र उहाँलाई दिएँ ।

मेरो छोरा ९ कक्षामा पढ्छ । उसले केही होमवर्क गनुैपर्ने रहेछ । धेरैजसो अवस्थामा मैले नै उसलाई होमवर्क गर्न मद्दत गर्छु, तर त्यसदिन म अन्य केहि काममा व्यस्त थिएँ र उसले समय बितिसक्दा पनि प्रेजेन्टेशन बनाएको थिएन ।

म आइटीका विद्यार्थीलाई पढाउँछु । त्यसकारण मैले उनीहरुका लागि बनाएको एउटा प्रेजेन्टेशन छोरालाई दिएँ र उसलाई त्यस्तै केही बनाउन भनेँ । तर उसले त्यसमा केही परिवर्तन गरेनछ, बाहिर लेखेको नाम बाहेक ।

उसको शिक्षकले यो उमेरका बच्चाले यति राम्रो काम गरेको आफूले कहिले पनि नदेखेको बताइन् । छोराले यसका लागि पूरा नम्बर पायो र स्कूलको न्यूजलेटरमा पनि यसबारे कुरा भयो ।अहिले मैले उसको होम–स्कूलिङ वर्कका लागि थप मिहिनेत गर्नुपर्छ । यसका लागि मेरो मनमा अपराधबोध पनि छ । मैले पहिलो पटक यस्तो गरेकी थिएँ । मेरो छोरा यसका लागि निकै खुसी छ । मैले उसलाई भनेको छु कि यो एकपटक मात्र भयो अब यस्तो कहिले पनि हुनेछैन ।

सुपरमार्केटबाट ल्याइएको सबै सामान मैले राम्रोसँग सफा गरेँ –सासुका लागि मगाएको सामानबाहेक

म भाग्यमानी छु कि किरानाको सामान मेरो घरसम्मै आइपुग्यो । यसमा मैले आफ्नी वृद्धा सासुका लागि पनि सामान मगाएकी थिएँ । सबै सामान एक एक गरी धुनु एक किसिमको टाउको दुखाई पनि थियो । त्यसकारण मैले आफ्नो सासुका लागि मगाएको सामान नधोइकनै झोलामा हालिदिएँ र उहाँलाई दिएँ । त्यसको केहि बेरमा नै उहाँ बाहिर निस्कन लागेको मैले देखेँ । त्यतिबेला मेरो दिमागमा आयो कि उहाँलाई कोरोनाभाइरसको सं-क्रमण त जताबाट पनि सर्न सक्छ ।

मलाई अपराधबोध भयो । मैले उहाँलाई मार्ने कोसिस त गरिरहेकी थिइनँ । उहाँले मलाई सामान दिनुअघि डिसइन्फेक्ट गरेँ कि गरिनँ भनेर पनि सोध्नुभएन । यदि सोध्नुभएको भए, म साँचो कुरा बताउँथे ।‘म असाध्यै डराइरहेकी हुन्छु । हरेक कुरालाई डिसइनफेक्ट गरिरहन्छु । तसर्थ मैले सोचेँ कि ‘म आफ्नो सामान डिसइनफेक्ट गर्छु र उहाँको छोडिदिन्छु । यो सोचेर कि आफ्नो सामानको डिसइनफेक्ट उहाँ आफैंले गर्नुहुन्छ ।’

म गाडी चलाएर आफ्नो हजुरबुवा हजुरआमाको घरमा बर्थडे केक दिन पुगेँ ! अप्रिलको सुरुवातमा मेरा दुई छोराको जन्मदिन थियो र कोरोना कालमा अत्यावश्यक काम बाहेक बाहिर जानेबारे हामीले सोच्नै हुन्नँ ।

तर म आफ्ना छोराहरुको बर्थडे केक दिन हजुरबुवा–हजुरआमा भएठाउँ गएँ । तर मैले उहाँहरुलाई केक दिएर ढोकाबाटै फर्किएको थिएँ । साधारणतया जन्मदिनको मौकामा हाम्रो पूरा परिवार जम्मा हुने गर्छौं, तर यो वर्ष यस्तो हुन सकेन ।

तर जब म त्यो दिनलाई पुनः स्मरण गर्छु तब म सोच्छु कि यदि सबैले मैले गरेजस्तै गरेको भए अहिले हामी अर्कै परिस्थितीमा हुन्थ्यौं । तर मलाई आफ्नो त्यो व्यवहारबारे खासै नराम्रो पनि लागेन किनभने मेरा हजुरबुवा–हजुरआमा निकै खुसी हुनुभएको थियो । उहाँहरु सबैसँग घुलमिल भएर बस्नुपर्ने किसिमको हुनुहुन्छ तर अहिले एकदमै एक्लो हुनुभएको छ, त्यसकारण मलाई लाग्यो कि केक दिन जाँदा सायद उहाँहरु खुसी हुनुहुन्छ होला ।

मेरा श्रीमान् एक वर्क भिडियो कलमा हुँदा मैले उनलाई कपडा खोलेर आफ्नो स्त-न देखाएँ, मैले बिर्सिएको थिएँ कि उनी ऐना अगाडि बसेका थिए । लकडाउनका बेला मेरा श्रीमान् घरबाटै काम गरिरहेका छन् । उनका अफिसका अन्य कर्मचारी पनि घरबाटै काम गरिरहेका छन् । मैले सोचेँ कि कुनै दिन उनी अत्यावश्यक टेलिकन्फरेन्समा भएका बेला म ठट्टाको रुपमा आफ्नो टप खोलेर उनलाई आफ्नो स्तन देखाउनेछु ।

र मैले यस्तो केही क्षणका लागि गरेकी थिइनँ, निकै बेरसम्म मैले टप माथि उचालेकी थिए । तर पछि स्थिती असहज भयो , मलाई महसुस भयो कि उनको टाउको पछाडि एउटा ठूलो ऐना छ र म आफ्नो श्रीमानको अगाडि थिएँ, उनको कम्प्युटर स्क्रिनको पछाडि म यस्तो गरिरहेको थिएँ ।

उनीसँग जतिपनि व्यक्ति कन्फरेन्स कलमा थिए, उनीहरु सबैले ऐना पछाडि त्यो सबै देखेका होलान् । कन्फरेन्स कलमा भएका अन्य मानिसहरुले मेरो व्यहार सबै देखेपनि नदेखेझैं गरेका होलान् । मलाई लाग्छ कि कतिले त मेरोबारे कुरा पनि गरेका होलान् । मेरा श्रीमान् त्यस्तो केहि पनि भएको छैन भनेर यो कुरालाई खासै वास्ता दिएनन् । त्यतिबेला नहासे पनि पछि मेरो कुरा सुनेर भने उनी निकै हासे ।

मैले यति र-क्सी पिएँ कि मैले बिर्सिएको थिएँ कि म एक्लो छु । म आफ्नो फ्ल्याटमा एक्लै बस्छु । कसैले मेरो ढोकामा सामान पुर्याउन आउँदा मात्रै मैले मानिस देख्न पाउँथे । म आफ्ना साथीहरुसँग भिडियो च्याट गर्छु तर पनि मलाई चाहिएका बेला उनीहरु मेरो अगाडि हुँदैनथे ।

मैले एउटा वाइन वेबसाइट भेटँ जसमा राम्रो वाइन राम्रो दाममा पाइएको थियो । मैले त्यहाँबाट असाध्यै धेरै वा-इन खरिद गरेँ ।
जब एक्लो हुँदा मलाई नराम्रो महसुस हुन्थ्यो तब म एक वा दुई गिलास वाइ-न पिउँथे । कतिपटक त पूरै एक बोतल नै पिउँथे ।

यो थोरै दुःखद हो तर मलाई लाग्छ कि यसले हामीलाई फ्राइडे नाइटबारे थाहा पाउने सुविधा पनि दिएको छ । सबैभन्दा ठूलो भिन्नता यो हो कि बार अब मेरै घरमा छ र मानिसहरुको भीडभाड पनि छैन ।

स्रोतः बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *