बालुवाटारमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले हान्यो पानीको फोहरा

काठमाडौं । प्रधानमन्त्रीको निवास रहेको बालुवाटार क्षेत्रमा पिसिआर प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ । विभिन्न नारा लगाउँदै सरकारको विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षण हुनुपर्ने, कोरोना रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । आरडीटी परीक्षण रोक्नुपर्ने उनीहरुको भनाइ छ । कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महंगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् ।

उनीहरूले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ?’, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब खोइ ?’,  ‘खर्च पारदर्शी गर’, ‘असुरक्षित क्वारेन्टाइन कोरोनाको स्वर्ग हो,’ ‘इनअफ इज इनअफ’ लेखेको प्लेकार्ड समेत बोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *