पास बनाउन जिल्ला प्रशासन पुगेका थिए चितवनका कोरोना संक्रमित

चितवन । चितवनमा कोरोना संक्रमण पुष्टि भएका एक जना स्वास्थ्यकर्मी सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको पाइएको छ । काठमाडौं जानका लागि सवारी पास बनाउन उनी प्रशासन पुगेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।

संक्रमित व्यक्ति आएको पुष्टि भएपछि प्रशासन कार्यालयले मंगलबारबाट अतिआवश्यक सेवा मात्र दिन थालेको छ । सर्वसाधारणको प्रवेशमा कडाई गरिएको छ । वैदेशिक प्रयोजनका कागजात बनाउने बाहेकका काम अहिले रोकिएको छ ।

यसैबीच एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनीसँग सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

सप्तरी घर भएका संक्रमित व्यक्ति स्वाबको नमूना दिएर घर हिँडेको खुलेको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देज गौतमका अनुसार अप्रेशन अघि सबै बिरामीको पीसीआर परीक्षण गर्ने गरिएको छ । ती बिरामीको पनि सोही अनुरुप परीक्षण गरिएको उनले बताए । तर केही दिनपछि मात्रै अपरेशन गर्ने भनिएपछि उनी घर हिँडेको जानकारी आएको उनकाे भनाइ छ ।
बिरामी सप्तरी हिँडेको थाहा पाएपछि सप्तरीस्थित सगरमाथा अञ्चल अस्पताललाई जानकारी गराएर बिकामीसँग सम्पर्क गराएको डा.गौतमले बताए ।

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले पनि स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको जनाएको छ । यहाँका एक चिकित्सक र एक जना बिरामीमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *