लकडाउनको मोडालिटी तय गर्न मन्त्रिपरिषद् बस्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम कम गर्नका लागि सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनको मोडालिटी तय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

लकडाउनको मोडालिटी तय गर्न साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सरकारले हालसम्म लकडाउन खुकुलोको कुनै योजना नबनाएपनि धेरै ठाउँका व्यापारीहरुले पसलहरु खोलिसकेका छन् ।

दिनहुँजसो बढेको संक्रमित र मृतक संख्याका कारण सरकार भने अझै लकडाउन खुकुलो बनाउने विषयमा अलमल देखिएको अवस्थामा आज मोडालिटीका विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने जानकारी दिइएको छ ।

लकडानको स्वरूप परिवर्तन गर्न आइतबार प्रधानमन्त्रीसहितको उच्चस्तरीय समन्वय समितिको पनि बैठक बसेको थियो । बैठकमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको लकडाउनको पछिल्लो प्रारूपमाथि लामो छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *