टौखेलमा शव फेला, हत्याकाे आशंका

ललितपुर । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ ।

राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो । आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् । हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *