राष्ट्रियता र राष्ट्रिय समस्यासँग जुध्न सदन सक्षम छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र राष्ट्रिय समस्याको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्। मंगलबारको बसेको संसद् बैठकमा उक्त राष्ट्रिय एकता देखिएको बताए। उनले संसद्मा राष्ट्रिय एकताको परिस्थिति कहिले कहिले देख्न पाइने उनले बताए। नेपालको सङ्घीय संसद् यस मामिलामा संवेदनशील रहेको बताए।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियता र राष्ट्रिय समस्याको मामिलामा सदन अत्यन्त गम्भीर छ। परेका बेला राष्ट्रिय समस्यासँग जुध्न, राष्ट्रका सामु आएका साझा चुनौतीहरूको सामना गर्न जिम्मेवार छ। र एकताबद्ध भएर ढङ्गले अगाडि बढ्न तयार हुन सक्छ। एकताबद्ध भएर सिंगो देशलाई परिस्थितिअनुसार एकताको बाटोमा अगाडि हाँक्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ।’

राष्ट्रिय समस्यामा एकताबद्ध हुने नेपाली चरित्रलाई प्रकट गरेको उनले बताए। नेपाल आफ्नो भौगोलिक अखण्डता पूर्ण रूपमा स्थापित गर्न सक्ने बताए। प्रधानमन्त्री ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएकाले अहिले नेपालले अडे पुग्ने उल्लेख गरे। ‘कोही कसैले बढी जस लिन्छ भन्ने होइन, सर्वसम्मतले निर्णय गरेपछि त्यसले सबैको मन, भावना र सहमति देखिन्छ’, उनले भने।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो। नेपालको भूमि अनुसारको नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृति प्राप्त भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *