धरानमा झोलुङ्गे पुल मुनि युवाको शब

धरान । सुनसरीको धरान ४ स्थित दानाबारीमा एक पुरुष मृत फेला परेका छन । धरान १४ मा दिदिको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई आज बिहिबार विहान सेउती खोला तथा दानाबारी जोड्ने झोलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतक राईलाई आज बिहान मर्निङ वाक गर्न जानेहरुले विजयपुरको झोलुङ्गे पुल मुनि मृत अवस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए । उनी विगत ६ बर्षदेखि दिदीको घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

राईको मृत्यु के कारणले भएको हो सो बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मृतकको शव वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *