सेना नेपाल सरकार भन्दा बाहिरको संगठन होइन्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटसँग जुध्न नेपाल सरकारका सबै अङ्ग र निकायलाई परिचालन गरिएको बताए। प्रतिनिधिसभा बैठकमा ओलीले उक्त सन्दर्भमा सेना पनि परिचालन गरिएको बताए।

उनले भनेका छन्, ‘सेना राज्यको एउटा अङ्ग हो। राज्यका सम्पूर्ण अंगहरुलाई परिचालन गरेका छौँ अहिले। जो जति सङ्गठित छन्। सेना एउटा सङ्गठित, अनुशासित संस्था हो। र त्यो संस्थालाई यस्ता कठिन परिस्थितिमा परिचालन गरिनु पर्छ।’

सेनाको आफ्नो अस्पताल रहेको र त्यहाँबाट उसले सेवा दिइरहेको बताए। त्यस क्रममा आफ्नो सुरक्षाका विषयमा केही सामग्री खरिद गरेको विषयलाई अन्यथा लिन नहुने उनले बताए। प्रधानमन्त्री ओलीले सेनाको अस्पताल यही सरकारमा नबनाएको पनि बताए।

उनले सेनालाई नेपाल सरकार भन्दा बाहिरको जस्तो नगर्न पनि आग्रह गरे। उनले भनेका छन्, ‘सेनालाई कुनै फरक खालको नेपाल सरकार भन्दा बाहिरको केही जस्तो व्यवहार गर्नु पर्ने वा धारणा राख्नु पर्ने त्यस्तो आवश्यकता होइन। नेपाल सरकारको एउटा निकाय हो। अङ्ग हो। त्यस कारण सुरक्षा सम्बन्धी हाम्रो सबै निकाय परिचालन हुन्छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *