राष्ट्रपतिमाथि खनिनु गणतन्त्रविरुद्धको साजिशः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि निरन्तर आक्रमण हुनु गणतान्त्रिक व्यवस्थाविरुद्धको साजिश भएको टिप्पणी गरे। ससाना कुराहरूलाई लिएर निरन्तर आक्रमण हुनु गणतन्त्र कमजोर बनाउने प्रयत्न भएको बताए।

उनले भनेका छन्, ‘राष्ट्रपतिको विरुद्ध लगातार अनवरत रूपमा, हरेक स-साना विषयमा आक्रमण गरिन्छ। मैले त्यसलाई गणतन्त्रविरुद्धको साजिशका रूपमा लिन्छु।’ प्रधानमन्त्री ओलीले केही अधिकारहरू मात्र दिएर, दैनिक शासन प्रशासनबाट अलग रहेर राखिएको राष्ट्रपतिले के गर्नु पर्थ्यो त ? भन्ने प्रश्न पनि गरेका छन्।

उनले गणतन्त्रको विरोध गर्ने भए खुलेर गर्न पनि भने। उनले भनेका छन्, ‘गणतन्त्रको विरोध गर्न मन लागे खुलेर गरे भयो नि। तर गणतन्त्रको विरोध यस्तो घुमाएर गर्ने कि राष्ट्रपति माथि खनिने र राष्ट्रपति माथि प्रहार गर्ने। अनि कुर्सी कसले किनेर ल्यायो राष्ट्रपतिलाई थाहा हुन्छ ? राष्ट्रपतिले अडर गर्छ कुर्सीको ? कार्पेट कहाँ निर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ। त्यो गर्ने काम प्रधानमन्त्रीको हो र त्यहाँ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *