‘रुकुम घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई कारबाही हुन्छ’ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम घटनामा निष्पक्ष छानबिन हुने र दोषीहरूलाई कडा कानुनी कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभामा विनियोजित विधेयक प्रति उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले रुकुममा भएको जातीय विभेदको घटनामा सरकार गम्भीर रहेको स्पष्ट पार्दै संसदीय समितिले नै छानबिन समिति गठन गरेले त्यस घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए ।

‘सरकारले एउटा छानबिन समिति बनाएको छ, त्यसले निष्पक्षताका साथ छानबिन गर्दैछ । निष्पक्ष ढङ्गले छानबिन हुन्छ ।’ उनले भने ।

ओलीले तथ्य अनुसार जसको दोष देखिन्छ दोषी माथि कारबाही हुने संसदलाई प्रस्ट पारे । संसदीय समितिको छानविनको रिपोर्टले सरकारलाई मद्दत पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको सन्दर्भमा जातीय विभेदका घटनाहरू हुनु दुखद् र निन्दनीय भएको बताए । यसको पृष्ठभूमीका जातीय छुवाछुत देखिएको प्रधानमन्त्रीले बताउँदै यसले नेपाली समाजलाई नै कलंकीत बनाएको बताए ।

उनले राष्ट्रिय सहमति अहिलेको लागि अपरिहार्य रहेको बताउँदै कोरोनाको विरुद्ध, भूमिको लागि राष्ट्रियताको पक्षमा राष्ट्रिय सहमति आवश्यक भएको बताउँदै सरकार सहमति र सहकार्य गर्न तत्पर रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *