सिद्धार्थ इन्स्योरेन्स द्वारा यति प्लाष्टिक र ओम प्लाइलाई विमा रकम प्रदान

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक, आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पुर्याई रहेको अवस्थामा सिद्धार्थ इन्स्योरेन्स वीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ ।

यस विषम परिस्थितिमा समेत वीमित आकांक्षा अनुरुपको वीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा पनि सिमित कर्मचारीहरुद्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि वीमा दावीे फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको छ ।

यसै सन्दर्भमा कम्पनीले वीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई ३ करोड ६७ लाख ५० हजार तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को १ करोड ५९ लाख रुपैंयाँ बराबरको दावीहरु फर्छयौट गरि दावी रकमको चेक हस्तान्तरण गरेको छ ।

लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले १३ करोड ११ लाख ५९ हजार २९५ रुपैंयाँ दावी भुक्तानी गरेको छ । आ.व. २०७५/२०७६ मा कूल १ अर्ब १६ करोड १३ लाख ९८ हजार १८७ रुपैंया दावी भुक्तानी गरेको थियो भने आ.व. २०७६/२०७७ हाल सम्मको अवधिमा ७९ करोड, २ लाख ८ हजार ६३९ रुपैंया दावी भुक्तानी गरेको इन्स्योरेन्सले जनाएको छ ।

वीमितको हितलाई केन्द्रविन्दुमा राखेर वीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र वीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *