सरकारको संविधान संशोधन खारेजीको मागसहित सरिता गिरिद्वारा संशोधन दर्ता

काठमाडौं। जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले सरकारले दर्ता गराएको संविधान संशोधन विरुद्ध संशोधनको दर्ता गराएकी छिन्। गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकमाथि संशोधन दर्ता गराएकी छिन्।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ। मंगलबार प्रतिनिधि सभाले सांसदहरूलाई संशोधनको सूचना दर्ता गराउने ७२ घन्टे समय दिएको थियो। उक्त विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छन्।

उनले यथेष्ट प्रमाण बिना नेपालको नयाँ नक्सा जारी गरिएको भनेकी छन्। उनले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसद्मा विरोध गरेकी थिइन्। गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने यथेष्ट प्रमाण नभएको बताउँदै आएकी छन्।

उनी संलग्न पार्टीले भने सरकारको उक्त कदमको समर्थन गरेको छ। तर मङ्गलवार जसपाका नेता लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए। गिरीको संशोधन पार्टीको आधिकारिक हो वा व्यक्तिगत हो भन्ने खुलेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *