सीसीएमसीले प्रस्ताव गरेको पाँच चरणको लकडाउनको मोडालिटी

काठमाडौं । सरकारले पाँच चरणमा लकडाउन खोल्दै जनजीवनलाई सहज बनाउँदै लग्ने गरी मोडालिटी तय गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउबाट आजित भएका र कस्टकर जीवन विताइरहेका नागरिकहरुलाई चरणवद्धरुपमा सहज जीवनयापनका लागि र कोरोनाको जोखिमबाट पनि बचाउँदै पाँच चरणमा लकडाउन खोल्न नयाँ मोडालिटी तय गरेको हो ।

स्रोतका अनुसार सरकारले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले पाँच चरणको प्रस्ताव तयार पारी मन्त्रिपरिषद्लाई यसअघि नै उपलब्ध गराएर प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको प्रस्तावमा पाँच चरणमा लकडाउन खोल्न सकिने बताइएको छ ।

यस्तो सीसीएमसीले प्रस्ताव गरेको पाँच चरणको मोडालिटी :

१. पहिलो चरण : असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ । स्रोतका अनुसार ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी छ ।

२. दोस्रो चरण : असार १५ गतेदेखि निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने प्रस्ताव छ ।

३. तेस्रो चरण : असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र (भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने प्रस्ताव छ ।

४. चौथो चरण : साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव गरिएको छ ।

५. पाँचौं चरण : साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न प्रस्ताव गरिएको छ ।

आजको मन्त्रिपरिषद्ले उक्त प्रस्तावलाई कार्यरूप दिने सीसीएमसीका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *