कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार, भारतमा कति ?
काठमाडौं । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ९१८ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ७४ लाख ५२ हजार ७२८ संक्रमितको संख्या पुग्दा मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाँघेको हो ।
बल्र्डोमिटरका अनुसार सबै भन्दा बढि कोभिड–१९ बाट अमेरिकामा मानिसको मृत्यु भएको छ । अमेरिकामा बुधबार मात्रै संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार १३० पुगेको छ । ब्राजिलमा ३९ हजार ७ सय ९७ को मृत्यु भएको छ ।
बेलायतमा पनि मृत्यु हुनेको संख्या ४१ हजार १२८ पुगेको छ । स्पेनमा २७ हजार १३६ पुग्दा इटालीमा ३४ हजार ११४ ले ज्यान गुमाएका छन् ।
फ्रान्समा २९ हजार ३१९, मेक्सिकोमा १५ हजार ३५७, बेल्जियममा ९ हजार ६ सय २९, नेदरल्याण्डमा ६ हजार ०४२, स्विडेनमा ४ हजार ७ सय ९५ को मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दो छ । भारतमा मात्रै अहिलेसम्म ८ हजार १ सय ०७ को मृत्यु भइसकेको छ । भारतका कोभिड–१९ का संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ ।
नेपालमा पछिल्लो तथ्यांक अनुसार ४ हजार ३ सय ६४ संक्रमितको संख्या पुग्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।