सोती घटनाः थप तीन जना पक्राउ

रुकुमपश्चिम । जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं. ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ । फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *