भारतमा २४ घण्टामा ३ सय ५७ जनाको मृत्यु, एकैदिन ९ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एकैदिन थप ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा भारतभर ३ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कोरानाको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतभर २ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ८ हजार १ सय नाघेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *