कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौँः गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

सरकारले यो वर्ष एसईई परीक्षा रद्द गर्ने निर्णय गरेको भोलिपल्ट आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो धारणा राखेका हुन् । एसईई पनि सधैँका लागि खारेज गर्नुपर्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय ! कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाट निर्धारण हुने ब्यबस्था गरौं र अबबाट SEE कानुनी रूपमा नै खारेज गराैं। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं ।
शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ ।’

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण रोकिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नलिने निर्णय गरेको थियो । यस वर्षका लागि एसइई गत चैत्र ६ गतेबाट हुने निर्धारित थियो। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले चैत ५ गते एसइई स्थगित गर्ने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बुधबारको मन्त्रिपरिषद् बैठकमा यसवर्षका लागि एसइई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए।

कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने जस्ता विकल्पसहित प्रतिवेदन बुझाएको थियो। शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *