जुम्लाको खलंङ्गा बजारमा निषेधाज्ञाः दिनभरी कडा, साँझ–बिहान भीड !

  • ईश्वरी प्रसाद देबकोटा

जुम्ला । स्थानिय सरकारले सम्बन्धित वडाका स्वयम् सेवक परिचालन तथा सुरक्षाकर्मीद्वारा जुम्लामा दिनभर निषेधाज्ञाको अवस्था मजबुद पारेको छ । अत्यावश्यक काममा निस्किएका मान्छेलाई समेत परिचयपत्र विना एक चोकबाट अर्को चोक जान रोक लगाइएको छ ।

तर बिहान साँझ भने निषेधाज्ञाको कुरा त परै जाओस् भौतिक दुरीनै कायम नगरी मानिसको भीड लाग्ने गरेको छ ।

कोरोना भाईरस संक्रमण जुम्लामा तेस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा पनि यसमा सजक र संवेदनशीलता भने बिल्कुलै देखिएको अवस्था छैन । सुरक्षाकर्मीहरु समेत मुखदर्शक भएर उभिरहेको अवस्था तस्विरले बोलेको छ ।

यस्तो संक्रमणको अवस्थामा दिनभर बजार निस्कन नपाइने भएकाले तरकारी फलफुल खाद्यान्न आदि खरिद गर्न मान्छेहरु तछाडमछाड गर्दै साँझ र बिहान हुलकाहुल निस्कने गरेका छन् । कोरोना सम्बन्धी जानकार नभएका र रेडियो तथा टेलिभिजनको पहुँचमा नभएका सर्वसाधारणहरुले कोरोनाको फरक विश्लेषण गर्दै ‘कोरोना त दिउँसो मात्र लाग्छ’ भन्दै हाँस्यास्पद तर्क दिन थालेका छन् ।

मान्छेको भीड बजारमा हुन्छ तर दिउँसो आवत–जावतमा कडाइ गर्ने भएकोले गाँउबाट बिरामी भेट्न तथा अत्यावश्यक काममा बजार निस्किएका सर्वसाधारणहरुले भने सास्ती बेहोर्नु परेको छ । अपुरो निषेधाज्ञा हुन भन्दा भौतिक दुरी कायम गरी अत्यावश्यक कामलाई सहज गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *