विराटनगरका युवा सडकमा, आरडिटी परीक्षण बन्द गर्न माग (फोटोफिचर)

  • सुजता निङ्लेकु

विराटनगर । विराटनगरमा युवाहरुले प्रदर्शन गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको भनिएकाे खर्च पारदर्शी गर्न माग गरेका छन् । बिहीबार विराटनगरका युवाहरुले शान्तिपूर्ण यार्ली निकाल्दै सरकारसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब पारदर्शी गर्न माग गरेका हुन् ।

बिहीबार आरडिटी परीक्षण बन्द गर्न माग राखेका शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरुले तीन तहकै सरकारले काम गर्न नसकेका कारण जनताले कष्ट बेहोर्नु परेको बताए । हालसम्म कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि सरकारले करिब १० अर्ब खर्च भएको बताएको छ । सरकारलाई खर्चको विवरण सार्वजनिक गर्न सरोकारवाला निकायहरुले माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *