असार १ गतेदेखि सरकारी कार्यालय बिहान र दिउँसो दुई सिफ्टमा चल्ने

काठमाडौं । सरकारले असार १ गतेदेखि सरकारी कार्यालयहरु बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा सञ्चालन गर्ने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य सम्बन्धी प्रोटोकल र गृहमन्त्रालयले जारी गरको सुरक्षा सम्बन्धी प्रोटोकलको पालना गरी सरकारी कार्यालय सञ्चालन गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

यसअघि सरकारी कार्यालयहरु बिहान १० देखि अपरान्ह ५ बजेसम्म सन्चालन हुँदै आएका थिए । कोरोना भाइरसका कारण लकडाउनले गर्दा सम्पूर्ण कार्यालयको काम हालसम्म ठप्प रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *