बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा नियमित सञ्चालन हुने
मकालु खबर
२०७७ जेठ २९ गते
काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण बन्द रहेका तथा आंशिकरुपमा सेवा दिँदै आइरहेका बैंक तथा वित्तीय संस्थाहरु अब पूर्णरुपमा नियमित सञ्चालन हुने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले अब बैंक तथा वित्तीय संस्थाहरु पर्णरुपमा खुल्ने जानकारी दिएका हुन् ।
यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए। अब बैङ्कका सबै शाखाहरू खुल्ने र सबैले सहजरुपामा सेवा दिन पाउने मन्त्री खतिवडाले बताए ।
मकालु खबर
२०७७ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित