सामाजिक अभियान्ता उप्रेतीद्वारा जन्मदिनमा फाउण्डेशन गठन, स्वास्थ्य सेवामा थप सहयाेग

काठमाडौं । देशभर निःशुल्क प्राथमिक उपचार तालिम अभियान सञ्चालन गरिरहेका सामाजिक अभियान्ता ओम प्रसाद उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा फाउण्डेशन गठन गर्ने निर्णय गरेका छन् । सबै जिल्लामा विपद् व्यवस्थापनमा सहयोग गर्नका लागि अभियान्ता उप्रेतीले नयाँ फाउण्डेसन गठनको निर्णय गरेका हुन् ।

कोरोना भाइरसको कारण निःशुल्क प्राथमिक उपचार तालिम प्रभावित भएका कारण देशव्यापी रुपमा स्वयंसेवक परिचालन गर्ने उद्देश्यले फाउन्डेसन गठन गर्ने तयारी गरिएको उप्रेतीले बताए । फाउन्डेसनको नाम योगदान राष्ट्रका लागि (Contbitation to the nation-Nepal)-  (CTN Nepal)  रहने उनकाे भनाइ छ ।

फाउन्डेसनको संचालक समितिमा डा. रविन्द्र समीर, डा. सुबास घिमिरे, कलाकार निर्मल शर्मा, समाजसेवी श्याम कँडेल, हेमन्त पौडेल, बालगोपाल चुके, राहुल कौशल, ललिता उप्रेती र पत्रकार इन्द्र रिजाल लगायतका व्याक्तित्वहरु रहने अभियानका परिकल्पनाकार समेत रहेका उप्रेतीले जानकारी दिएका छन् ।

फाउन्डेसन मार्फत स्वास्थ जनचेतनामुलक कार्यक्रमहरु गर्ने, विपतमा परेकाहरुको तत्काल उद्दार गर्ने, प्राथमिक उपचार तालिम गाउँगाउँ र टोल-टोलसम्म पुर्याउने, सर्वसुलभ एम्बुलेन्स सेवा संचालन गर्ने लक्ष्य लिएको अभियन्ता उप्रेतीले बताएका छन् । चितवन स्थायी घर भएका उप्रेती हाल यूएईमा व्यवसाय सम्हालिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *