लागु औषधसहित एक जना पक्राउ

बारा । बाराको सशस्त्र प्रहरी बलले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको बिश्रामपुर गाउपालिका–४ स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्रको टोलीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

गएराती सशस्त्र प्रहरी नायब निरिक्षक हरि प्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले भारतबाट जबरजस्ती नेपालतर्फ प्रवेश गरेका कलैया उप महानगरपालिका–५ बस्ने २१ वर्षीय जीवन कुमार शर्राफलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

शर्राफलाई ना५प ३६९८ को हिरोहाेण्डा मोटर साईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN-४ वटा (ईन्जेक्सन), DIAZWLAB- ४ वटा (ईन्जेक्सन), FINARAGN- ४ वटा (ईन्जेक्सन), ONEREX- ३ बोतल (१०० ml को बोतलमा), ६०० ml को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए ।

नियन्त्रणमा लिइएका ब्यक्तिसँग भारतीय नागरिक अक्षय कुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली ब्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि व्यक्ति, लागुऔषध र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *