स्याङजामा २२ सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्याङजा, पर्वत, तनहुँ र नवलपरासी (वर्दाघाट सुस्ता पूर्व)मा गरी थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।
स्याङजामा २२, पर्वतमा १३, तनहुँ र नवलपरासी (वर्दाघाट सुस्ता पूर्व)मा १-१ जनामा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । नयाँ संक्रमितमा स्याङजाको गल्याङ नगरपालिकाका १५ देखि ६६ वर्षीय १८ पुरुष, वालिङ नगरपालिकाका ३३ र ३५ वर्षीय दुई पुरुष, अर्जुज चौपारी गाउँपालिकाका १९ वर्षीय पुरुष र ठेगाना नखुलेका ४ वर्षीय बालक छन् ।
यसैगरी पर्वतको कुश्माका १९ देखि ४५ वर्ष उमेर समूहका ८ जना पुरुष र एकजना उमेर नखुलेका पुरुष छन् । पैयु र विहादी गाउँपालिकाका २ण् र ३२ वर्षीय पुरुष, गेठना नखुलेका ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । तनहुँको घिरिङ गाउँपालिकाका १९ वर्षीय पुरुष र नवलपरासी (वर्दाघाट सुस्ता पूर्व) मध्यबिन्दुका १७ वर्षीय पुरुष छन् ।
कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेकोे प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विन्दु शर्माले बताए । ३७ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८८ पुगेको छ ।