भक्तपुरकाे ढलमा छिरेका बेपत्ता चालक मृत फेला

काठमाडौं । भक्तपुरमा ढलमा छिरेका चालक एकदिनपछि मृत भेटिएका छन् ।

बुधबार सवा तीन बजे भक्तपुर नगरपलिका १ चुनदेवीमा ना६ख १६१६ नम्बरको ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढलभित्र पसेका थिए । पानी पनि परेको हुँदा नदीको बहाव बढी भएको अवस्थामा उनी लडेपछि पानीको बहाबले ह्युम पाइप भित्र छिराएको थियो । त्यसपछि उनी पत्ता भएका थिए ।

ढलमा बगेको एकदिनपछि मृतक चालकको बागमती गाउँपालिका–१ स्थित बागमती खोलामा भेटिएको हो । चालकलाई पानीले बगाएपछि गाडीका सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *