साउदीबाट नेपालीको उद्धार गरिँदै, उडान तालिका र भाडादर सार्वजनिक

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको महामारीका समयमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार सुरु गरेसँगै साउदी अरबमा रहेका नेपाली पनि फर्कन पाउने भएका छन् ।

साउदी अरबमा रहेका नेपालीलाई स्वेदश फर्काउनका लागि चार वटा उडान हुने साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार आगामी सोमबार पहिलो पटक साउदी अरबको दम्मामबाट हिमालय एयरलाइन्सको फ्लाइट ए३२० ले नेपालीलाई स्वदेश फर्काउने छ । त्यस्तै जुन १८ बिहीबार रियादबाट नेपाल एयरलाइन्सको फ्लाइट ए३३० ले नेपाली फर्काउने छ ।

त्यस्तै, १९ जुनमा हिमालय एयरलाइन्स र २४ जुनमा नेपाल एयरलाइन्सले उडान गर्ने तय भएपनि उडान कुन शहरमा हुने भन्ने एकिन भइनसकेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले भाडादर पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत् रियादबाट ६३० डलर दम्मामबाट ५९० र जेद्दाबाट ७७० डलर लाग्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *