गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पर्वतका ४ जना र पूर्वी नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती, जिल्लाकै जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवक छन् । उनीहरुलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)को मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थप ५ जनामा ५ कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *