संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेस संसदीय दलले शनिबार एक विज्ञप्ति जारी गरी दिउँसो साढे १२ बजे बैठक बस्न लागेको जानकारी दिएको हो।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए।

नयाँ नक्सालाई नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदैछ। कांग्रेसले यस अगाडि नै सशोधन विद्येयकमा मतदान गर्ने निर्णय गरिसकेको छ। उक्त बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन्।

संविधान संशोधन प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए। उनीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेका छन्। सरकारको संशोधन विधेयक संसदबाट आज पारित गर्ने कार्यसूची छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *