‘लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालको लुटिएको भूभाग हो’ लालबाबु पण्डित

काठमाडौं। नेकपाका सांसद लालबाबु पण्डितले आफ्नो भूमि रक्षाका निम्ति नेपाली सक्षम रहेको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफलमा पण्डितले लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालको लुटिएको भूभाग भएको बताए।

उनले उक्त भूभाग फर्काउन भारतसँग शान्तिपूर्ण रूपमा वार्ता गर्न नेपाल सरकारसँग आग्रह गरे। उनले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ताको सम्बन्धमा सरकारले भारतसँग शान्तिपूर्ण रूपमा वार्ता गरोस्। हाम्रो उक्त भूमि फिर्ता चाहन्छौं। नेपालको त्यो भूमि लुटिएको हो।’

पण्डितले भारतले आणविक ठूला शक्तिशाली राष्ट्रको रूपमा बलमिचाइ गरे वीर नेपालीहरू पनि पीठी फर्काएर नभाग्ने बताए। गोरखालीको तागतले भारत आणविक शक्ति हासिल गरेको दाबी गर्दै उनले वीर नेपालीहरु पनि आफ्नो भूमिको रक्षाका निम्ति एक भएर लाग्न सक्षम रहेको बताए।

भारत सुगौली सन्धि मान्न तयार नभए नेपालले सुगौली सन्धिपछि गुमाएको भूभाग भारतको मान्ने किन तयार हुनु पर्ने भन्ने प्रश्न गरे। उनले लिम्पियाधुरा कालापानी लिपुलेक र सुस्तालगायतका अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले उक्त भूमि फिर्ता गर्ने विषयमा शंका र राजनीति गर्ने ठाउँ नरहेको पनि बताए। नेपालको सीमा रक्षाका निम्ति मधेसी पहाड हिमाली सबै जात जाती एक जुट रहेको उनले बताए। शान्तिपूर्ण रूपमा भारतले समाधान चाहेन भने नेपाल अन्तर्राष्ट्रिय मञ्चमा जान पछि पर्न नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *