प्रबोध साप्ताहिकका उपसम्पादक नविन रम्तेलसहित २ जना सम्मानित

भरतराज शर्मा (गोपाल) धरान । प्रबोध साप्ताहिकका उपसम्पादक नबिन रम्तेल सहित २ जना सम्मानित भएका छन् ।उपेक्षित उत्थान सरोकार केन्द्र धरान–८को आयोजनामा गरिएको लैंगिक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

लामो समय चलचित्र क्षेत्रमा विभिन्न विद्यामा काम गरेका चलचित्रकर्मी, साहित्यकार एवम् प्रबोध साप्ताहि पत्रिका र गुफाथुम्की गर्जन त्रैमासिक साहित्यक पत्रिकाका उपसम्पादक नविन रम्तेल र नेपाल सांस्कृतिक संघ सुनसरीका उपाध्यक्ष अनिल जगमेरलाई सम्मान गरिएको हो ।

धरान उपमहानगरपालिका- ८ ले छुट्याएको दलित विकासको बजेटबाट कार्यक्रम आयोजना गरिएको केन्द्रका संरक्षक लालबहादुर विश्वकर्माले बताए । कार्यक्रममा धरान– ८ का अढाई दर्जनभन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई धरान उपमहानगरपालिका– ८ का वडा सदस्यहरु रामकुमार थापामगर सावित्रा परियार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानका चोत्लुङ, दलित विकास समिति धरानका संयोजक किशोर परियार, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्षण दास, निःसहाय सेवा परिषद् धरानका अध्यक्ष रविलाल रोक्का लगायतले सम्बोधन गरेका थिए ।

केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रमको समापन समारोहको सञ्चालन खिलानाथ विश्वकर्माले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा मिजार सेवा समाज धरानका अध्यक्ष विजय अछामी, महिला सञ्जाल धरानकी चेतना श्रेयङ् लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *