कुटनीतिक पहल गरी कालापानी क्षेत्रबाट भारतलाई फर्काउन आवश्यकः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुटनीतिक र राजनीतिक पहल गरी यथाशीघ्र कालापानी क्षेत्रबाट भारतलाई फर्काउन आवश्यक रहेको बताएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा शनिबार संसदबाट पारित भएपछि आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले भारतद्वारा अतिक्रमित ती भू-भागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिनतर्फ अगाडी बढ्नुपर्ने धारणा समेत राखेका छन् । जनमत र संघर्षको दबाबमा परी ओली सरकार संसदबाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ । हामी आम नागरिकलाई सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौँ’, विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *