‘अतिक्रमित भूमिमा रहेका नागरिकको सेवा सुविधामा राज्यले तत्काल लगानी गर्नुपर्छ’

काठमाडौं। राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रका नागरिकहरूको सुरक्षित जीवनयापन सुनिश्चितताका लागि नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने बताएकी छन्। आइतबार राष्ट्रियसभा बैठकमा पौडेलले त्यहाँका मानिसहरूलाई जतिसक्दो चाँडो सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

उनले त्यहाँका नागरिकहरूको सेवा सुविधामा तुरुन्त लगानी गर्न पनि नेपाल सरकारसँग आग्रह गरिन्। उनीहरूको जनजीविका कसरी चलिरहेको छ भन्ने विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

उनले भनेकी छन्, ‘यो क्षेत्रमा बसेका जनताहरू जो छरिएर ठाउँ ठाउँमा बसिरहनु भएको छ। उनीहरूको जनजीविका कसरी चलिरहेको छ। उहाँहरू कति नेपालको सेवा सुविधासँग जोडिनु भएको छ, कति भारतप्रति आश्रित हुनुहुन्छ। यसमा पनि हामीले ध्यान दिनुपर्छ। त्यहाँ बसेका नेपालीहरूलाई जति सक्दो चाँडो। सुरक्षित बनाउनु पर्छ। त्यसपछि उनीहरूको सेवा सुविधामा नेपालले तुरुन्त लगानी गर्नु पर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *