कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९६७ पुग्याे

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ९६७ पुगेको छ ।

आज (आइतबार) थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६७ पुगेको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणमा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *