विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम

धरान । विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा ३ दिने तालिम धरानमा आईतबार सम्पन्न भएको छ ।

प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नेपाली मिडिया मार्फत समाचार कसरी बनाउने र सो विषयमा आम जनमानसमा जानकारी दिनको लागि नेपाल पत्रकार महासंघ सुनसरीले तालिमको आयोजना गरेको थियो ।

धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि सञ्चारको माध्यमबाट स्थानीयलाई सुसुचित गराउनुको साथै स्थानीय बिपद व्यवस्थापनको बिषयमा सहभागीहरुलाई प्रस्ट्याइने कार्य गरेका थिए ।

सो तालिममा २५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नयाँ पत्रीका दैनिकका सुनसरी संवाददाता देबेन्द्र कार्की, नागरिक दैनिकका रोहित राई र हातिसार क्याम्पसका बायोलोली विभागका प्रमुख धिरेन लिम्बुले गरेका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक सन्तोष काफ्लेले तालिम निकै प्रभावकारी र फलदायी भएको बताउँदै अबको नयाँ पुस्ताले सामाचारको माध्यमबाट देशलाई सेवा गर्ने मौका प्रदान गरेको बताए ।

तालिम समापनको क्रममा सहभागी पत्रकारहरुले आफुले तयार पारेका समाचारहरु वाचन गरी अनुभव साटासाट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *