प्रतिस्थापन गर्ने विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि कानून, न्याय तथा तथा संसदीय मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

केही समयअघि सरकारको सिफारिमा सवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्था कायम गर्न राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो। सरकारले जारी गरेको केही समयभित्रै उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेपछि साविककै कानून कायम राख्न सो विधेयक ल्याइएको हो।

विधेयकलाई सरकार आफैँले फिर्ता लिएकामा स्वागत गर्दै प्रतिपक्षी सांसदहरुले राजनीतिक दलसम्बन्धी पुरानै व्यवस्था कायम राख्न सुझाव दिए। उक्त विधेयकमाथिको छलफलमा सांसदहरु खगराज अधिकारी, राजेन्द्रकुमार केसीलगायतले धारणा राखेका थिए।

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले जारी अध्यादेशले मन्त्रिपरिषद्को सिफारिसमा खारेज गरिसकेको र साविककै व्यवस्था कायम गर्न विधेयक प्रस्तुत गरिएको बताइन्। उनले भनिन्, ‘पूर्ववत व्यवस्था नै कायम प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गरिएको छ, विगतमा पनि साविकै व्यवस्था जगाउने काम थियो।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *