डिप्रेशनमा थिए सुशान्त सिंह राजपूत ?

काठमाडौं । मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुत डिप्रेशनमा रहेको हुन सक्ने अनुमान गरिएको छ । उनको अपार्टमेन्टमा फेला परेका केही रिपोर्टहरुका अनुसार उनी केही समययता डिप्रेसनमा रहेको जनाइएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै बस्दै आएका थिए । आइतबार उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा सफल फिल्म एम एस धोनीः दी अनटोल्ड स्टोरी हो । उनको सन् २०१९ मा छिचोरे पनि हिट भएको थियो । उनी बलिउडमा लाेकप्रिय पनि छन् ।

टेलिश्रृङ्खला ‘किस देशमे हे मेरा दिल’, ‘पबित्र रिश्ता’ लगायतबाट चर्चामा आएका उनले पछिल्लो समय ठूलो पर्दाका फिल्महरुमा समीक्षात्मक सफलता पाइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *