प्रोग्रेशिभ फाइनान्सले ल्यायो आरोग्य बचत खाता

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक गरेको छ ।
हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो ।

योजना अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा रु. १ लाख सम्मको विमा सुविधा प्रदान गरिनेछ । साथै न्यूनतम मौज्दात रु. ५० हजार हुनेगरी खाता खोल्ने ग्राहकहरु रु. १ लाख बराबरको कोभिड १९ बीमा सुविधा बाट लाभान्वित हुन सक्नेछन् । संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त विमा सुविधा उपलब्ध हुनेछ ।

फाइनान्सले ‘एक लाखको मुद्दति खोल्नुस एक लाखकै कोरोना विमा सुविधा पाउनुहोस्’ योजना पनि ल्याएको छ । यो योजना अनुसार रु. १ लाख वा सो भन्दा बढीको न्यूनतम एक वर्षे म्द्दती खाता खोल्ने ग्राहकलाई पनि रु. १ लाखकै कोभिड १९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ ।

संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको हो । रु.८० करोड १ लाख चुक्ता पूँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *