‘मायाले करियरमा बाधा पुग्छ, त्यसैले त एक्लै छुँ’
काठमाडौं। लोक तथा दोहोरी गायक कमल बिसी ‘माल्दाई’ पछिल्लो समयका एकदमै व्यस्त गायक हुन्। तर अहिलेको कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा छ। सधैं व्यस्त रहने कलाकार अहिले फुर्सदमा छन्। आफ्नो स्वास्थ्य सुरक्षाका लागि धेरैले लकडाउन कडाइका साथ पालना गरेका छन्।
पछिल्लो २/४ दिन देखि लकडाउन केही खुकुलो भएको छ। घरमै लकडाउनको पालना गरिरहेका गायक कमल पनि अहिले खुकुलो भएपछि स्टुडियो तिर पुग्ने गरेका छन्। लकडाउनको समयमा सिर्जना गरेका गीत रेकर्ड गर्न तिर लागिपरेका छन्। नारीहरूको महान् चाड तिज नजिकिँदैछ। तीजका गीतहरु र केही काल झैँ टिपिकल गीतहरू बजारमा ल्याउने तयारी गरिरहेको उनी सुनाउँछन्। यहीबीच हामीले गायक कमल बिसी ‘माल्दाई’सँग कुराकानी गरेको कुराकानी गरेका छौं। प्रस्तुत छ, मकालुखबरकर्मी ‘एन्जिला क्षेत्री’ले ‘माल्दाई’सँग गरिएको कुराकानीः
तपाईंको बाल्यकाल कहाँ र कसरी बित्यो ?
बर्दियाको मगरागाडी नगरपालिका वडा नं ८ राम्मपुरमा बुवा मनबहादुर बुढा क्षेत्री र आमा तोप कला बुढा क्षेत्रीको कोखबाट माइलो छोराको रूपमा जन्मिएँ। मेरो परिवार मध्यम वर्गीय हो। म सानोमा अलि चञ्चल स्वभावको थिएँ। सानै देखि रेडियो सुन्न मन पराउँथे। गोठालो जाँदा होस् वा खेतबारीमा काम गर्दा होस् रेडियो बोकेर नै गीत गुनगुनाउँदै हिँड्ने गर्थेँ। १० कक्षासम्म बर्दियामा नै अध्ययन गरे। त्यसपछि पढ्नको लागि नेपालगन्जमा आएँ।
किसानको छोरा भएको कारण खेतबारीमा हलो नि जोत्ने गर्थेँ।म सानैदेखि मादल बजाउँथे। १०/१२ वर्ष हुँदा देखि गाउँ घरमा रमाइलो हुँदा होस् वा अन्य सांस्कृतिक कार्यक्रमहरू हुँदा त्यहाँ मादल बजाउन पुग्ने गर्थेँ। जब अलि जान्ने बुझ्ने भए त्यसपछि गाउँ घरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नाटक गर्ने गीत गाउने गीतहरू लेख्ने गर्थेँ।
त्यति बेला देखि नै गीत संगीतमा झुकाव राख्न थाले। विभिन्न कार्यक्रमहरूमा भाग लिएर प्रथम दृतिय पनि हुन्थेँ। जहाँ जाँदा पनि रेडियो काँधमा राखेर हिँड्थेँ। परिवारमा बुवा आमा १ जना दाजु र एक जान भाइ थिएँ। बुवा हामी दाजु भाईलाई पढाउनको लागि इन्डिया जानुहुन्थ्यो। घर नजिकै जङ्गल थियो ममी जंगल जाँदा घरमा मादल समाएर गीत गाउन बस्ने गर्थेँ। बुवाले इन्डियाबाट ल्याएको टेपमा गीत रेकर्ड पनि गर्ने गर्थेँ। मलाई गाउँ घरमा पनि सबैले हौसला दिने गर्थेँ। मेरो गीत सुनेर साथी भाइहरूले त भविष्यमा ठूलो गायक बन्छस् भन्थे। मैले एउटा सानो काठको सारंगी बनाएको थिएँ। त्यो सारंगी रेट्दै झलकमान गन्दर्भका गीतहरू गाउने गर्थेँ।
चञ्चल स्वभावको म सानोमा काक्र चोर्ने धेरै अग्लो अग्लो ठाउँबाट फोहोर पानीमा हाम फाल्ने, उखु चोर्ने, अर्काको घरका गाई बस्तु खोलेर खेत बारीमा लगाइदिने गर्थेँ। मान्छेहरूको जीवन न हो दुख सुख भन्ने त हुन्छनै। मेरो जीवनमा एउटा यस्तो घटना भयो जुन चाहेर पनि भुल्न सक्दैन। म ४ वर्षको हुँदा घटना घटेको थियो। म त्यती बेला आगोमा खसेका थिएँ। डाक्टरहरूले हरेस खाइसकेका थिए तर पनि आमाको साहसीपनले गर्दा म र मेरो भाइले दोस्रो जुनी पायौं।
सांगीतिक क्षेत्रमा कहिले देखि लग्नु भयो ?
म गीत संगीतमा भन्दा अगाडी विभिन्न मिडियाहरूमा काम गरेको थिएँ। कृष्णसार एफएम, कोहलपुर एफएम, बर्दिया टाईम्सहरुमा काम गरेका थिएँ। रेडियो नेपालको जिल्ला रिपोर्टरको रूपमा रहेर पनि काम गरेको छु। रेडियोहरूमा काम गर्दा गर्दै पहिलो गीत ‘जसरी नि म तिम्रो हुन्छु नभन’ २०६८ सालमा किरण बाबु पुनसँगको सहकार्यमा गरेका थिए। म सानै देखि राजु परिवारको फ्यान हुँ। म कलाकार बन्छु भन्ने नै थियो। आमाको साथ र सपोर्टले गर्दा मलाई गीत संगीतमा लग्न अझ सहज भयो। कुनै कार्यक्रममा जाँदा पनि भाडा दिएर पठाउनु हुन्थ्यो।
पहिलो गीत अथवा एल्बम कुन थियो ? र पहिलो एल्बम निकाल्दाको अनुभव कस्तो रह्यो ?
काठमाडौं आएर गीत रेकर्ड गरी बर्दिया फर्की सकेपछि मलाई लागेको थियो गीत रेकर्ड गर्यो भने एक दुई दिनमा नै बजारमा आउँछ होला। धेरै समयसम्म पनि गीत बजारमा नआउँदा साथीहरूले सोध्न थाले। गीत रेकर्ड गर्न गएको भन्थिस् आजसम्म आँको छैन भन्न थाले साथीहरूले। यसले गीत रेकर्ड गरेको होइन रैछ पनि भने। जब गीत बजारमा आयो आफूले गाएको गीत सुनेर आफै छक्क परे ! सायद म जिन्दगीकै सबैभन्दा बढी खुसी भएको थिए त्यतिबेला।
तपाईंलाई कमल बिसी माल्दाई भनेर कुन गीतले चिनायो ?
२०६९ सालमा बजारमा आएको ‘भगवानलाई झुक्ने गराउँछु’ गीतले मलाई माल्दाई भनेर चिनायो। यो गीत पश्चिममा अत्याधिक मात्रामा रुचाइएको थियो। पीआरबिटीमा पनि यो गीत दर्शकले सर्वाधिक रुचाइ दिएँ। जब यो गीत सर्वाधिक हिट भयो, त्यसपछि जुन रेडियो खोले पनि आफ्नै गीत बज्न थाल्यो। स्रोताहरुले पनि कार्यक्रममा गाउनु हुन्थ्यो। सबैका मुखमा यो गीत झुण्डिएको थियो। हरेक एफएमहरूमा छोराको गीत बज्दा आमा फेन्ट पनि हुनुभयो। मलाई ‘भगवानलाई झुक्ने गराउँछु’ गीतले नै काठमाडौंसम्म पुर्यायो। २०७२ सालमा १ बोरा चामलको बोकेर म काठमाडौं प्रवेश गरे। काठमाडौं आएर म आफूसँगै पढेको साथीसँग ३ महिना बसेँ।
यदि तपाईं यो फिल्डमा नहुनु भएको भए के हुनुहुन्थ्यो ?
बाबा ममीको सपना छोरालाई खरिदार सुब्बा बनाउने थियो। तर पनि म कलाकार बन्छु भनी यो फिल्डमा लागे। र पनि बाबा ममीको फुल सपोर्ट छ। यदि म कलाकारितामा नलागेको भए आज कि खरिदार कि सुब्बा हुने थिए होला। मैले खरिदार सुब्बामा धेरै पटक परीक्षा पनि दिएँ। आफ्नो पुरा ध्यान मन मस्तिष्क कलाकारितामा छ अर्को तिर पास हुने त कुरै भएन।
कति वर्ष भयो यो फिल्डमा लग्नु भएको ?
म काठमाडौं बसरे गीत संगीतमा लागेको मात्र ९ वर्ष भयो। तर त्यसअघि पनि म गीत रेकर्ड गरेर आफ्नो गाउँ फर्किने गर्थेँ। मिडिया फिल्डमा काम गर्ने भएकोले पनि मलाई यस फिल्डमा काम गर्न सहज भएको हो।
हालसम्म कति वटा गीत बजारमा ल्याउनु भयो ?
वर्षमा २/४ वटा गीत बजारमा ल्याउने गरेको छु। हालसम्म आफैले सिर्जान गरेका र अरूको सिर्जनामा आवाज दिएको करिब एक सय गीतहरु बजारमा ल्याएको छु। अहिले केही गीत बजारमा आउने तयारीमा छन्।
यो क्षेत्रमा टिकिरहन के गर्नु पर्ला ?
पहिला यो क्षेत्रमा बिक्न गारो छ। जब बिक्ने भयो टिक्न गारो छ। अलि हिट हुन् थालेपछि कलाकारहरू भाउ खोज्न थाल्छन्। अनि कार्यक्रममा धेरै डिमाण्ड राख्नु हुन्छ। अलि अलि चल्यो भने घमण्डी बन्ने गर्नुहुन्छ। त्यस्तो गर्नु हुँदै। आज कोही एक जना हिट भयो भने भोलि अर्काको पालो आउँछ। एउटा मान्छे सधैँ हिट हुँदैन त्यसैले कहिल्यै पनि घमण्ड हुनुहुँदैन। गीत संगीतहरु हिट हुनको लागि मात्र भन्दा पनि काल झैँ गीत संगीत बजारमा ल्याउनु पर्छ। जुन हाम्रा पिढीहरुले पनि सुन्न पाउन र समसामयिक काल झैँ गीत संगीत बजारमा ल्याउनु पर्छ। सिर्जनाले मात्र पनि टिक्न गारो छ कलाकार भएपछि मिजासिलो सबैसँग भिज्ने खालको सरल स्वभावको हुनु पर्छ। सबैलाई आदर सम्मान गर्न पनि जान्नु पर्छ। अलि अलि चल्दैमा ठूलो बन्ने घमण्डी बन्ने गर्नु हुँदैन र सबैलाई राम्रो व्यवहार गर्न सक्नु पर्छ।
संघर्षका दिनहरूलाई समझदार कसरी सम्झनु हुन्छ ?
यस फिल्डमा तिता मिठा अनुभवहरु धेरै छन्। कति दिन खाना नखाए र भोक भोकै सुतियो। कार्यक्रमहरूमा आयोजकहरूले पनि तोकेको रेट दिँदैन थिए। जब काठमाडौं आए अनि बल्ल थाहा भयो गीत संगीतको वास्तविक स्वाद र संघर्ष। सानो गाउँ देखि आज यो ठूलो सहरसम्म आइपुग्दा दुखका धेरै कुराहरु याद आउँछ।
गाउँ घरमा जन्मे हुर्केको सामान्य केटो, गाउँ घरमा रेडियो काँधमा राखेर गीत सुन्दै, गीत गुनगुनाउँदै हिँड्ने केटो आज यो ठूलो सहरमा एउटा गायक भनेर चिनिदा खुसी लाग्छ। आफूसँगै स्कुल कलेजमा पढेका साथीहरूले कमल मलाई चिनेउ ? म तिम्रो गीत संगीतहरु हेरी रहन्छु, सुनी रहन्छु। अझै राम्रो गर्दै जानु हाम्रो साथ सपोर्ट माया छ भन्छन्।
अबका दिनहरूमा आफूलाई कलाकारितामा कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
मैले पहिला देखि नै भन्ने गरेको छु। काल झैँ गीतहरू गाउनु पर्छ। समसामयिक गीत संगीतहरु दर्शक स्रोताहरूको माझमा पस्किन्छु। सुर्खेत, बर्दिया, रुकुम, सल्यान, जाजरकोटका भाकाहरूलाई प्रोफेसनल बनाउने टिपिकल बनाउने सोच बनाएको छु।
माया पर्नु भएको छ ?
अहिले मायामा छैन। कुनै समय थिए। अहिले गीत संगीतलाई नै फोकस गरेको छु। हरेक मान्छेको एउटा सपना हुन्छ। त्यस्तै मेरो पनि भोलि एउटा घर होस् गाडी होस्। आफू कतै जाँदा बाबा ममीले घरको छतबाट हेरेर हात हल्लाएको हेर्न मन छ। मायाले गर्दा आफ्नो करियरमा बाधा पुग्छ। त्यसैले अहिले एक्लै छु।