प्रदेश १ काे बजेटः ४० अर्ब ८९ करोड
विराटनगर । १ नम्बर प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ का लागि आङ्बोले ४० अर्ब ९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । अर्थमन्त्री आङ्बोल आगामी वर्षका लागि चालुतर्फ १ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत बजेट विनियोजन गरेको बताए ।
पूँजीगततर्फ २९ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरिएको छ । भने वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु २ अर्ब ८८ करोड ८२ हजार विनियोजन गरिएको छ ।
सो बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहेने पूर्वाअनुमान प्रदेश सरकारको छ ।