क्वारेन्टाइनमा ‘बलात्कार’ घटनाः दोषीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं। राष्ट्रियसभा सदस्यहरूले क्वारेन्टाइनमा भएको बलात्कारको घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्। मंगलबार बसेको राष्ट्रियसभाको शून्य समयमा सदस्यहरूले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन्।

बैठकमा राष्ट्रियसभा सदस्यहरूले महिला स्वास्थ्य सुरक्षाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न पनि माग गरेका छन्। सांसद दिलकुमारी रावल ‘पार्वती’ले क्वारेन्टिनमा भएको बलात्कार घटनाको निन्दा गरिन्। क्वारेनटिनमा रहेका महिलाको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन्।

उनले भनेकी छन्, ‘महिला सङ्क्रमितको सङ्ख्या कम छ। त्यस कारण जिल्लागत रूपमा महिलाहरूका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न र महिलाको स्वास्थ्य सुरक्षाका लागि माग गर्दछु।’

सांसद प्रकाश पन्थले पनि उक्त घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरे। उनले क्वारेन्टिनको अवस्था नाजुक रहेकोबारे पुन सरकारको ध्यानाकर्षण गराए। मान्छे मर्दासमेत सुतेर बसेको सरकारले बलात्कारका घटना हुँदासमेत टुलुटुलु बसेर हेर्ने हो कि दोषीलाई कारबाही गर्ने हो ? भन्ने प्रश्न समेत गरे। उनले भनेका छन्, ‘ क्वारेन्टाइनमा मान्छे मर्दा समेत सरकारले केही गरेन। बलात्कार हुँदा समेत केही गर्छ की टुलुटुलु हेरेर बस्छ ? अब त इन अफ भएन र ?’

सांसद महेश कुमार महराले पनि महिला सुरक्षाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नु पर्नेमा जोड दिए। उनले कैलालीको क्वारेन्टिनमा भएको महिला बलात्कारको घटनाका दोषीलाई कारबाहीको माग गरे। उनले भनेका छन्, ‘बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्छु। महिलाहरूको लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्छु।’

शनिवार राति कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेनटिनमा रहेकी ३१ वर्षीय महिलाले आफू सामूहिक बलात्कारमा परेको प्रहरीमा उजुरी दिएकी छन्। भारतबाट फर्किएपछि क्वारेन्टिनमा बसेकी ती महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रूपमा राखिएका तीन बलात्कार गरेको बयान दिएकी थिइन्।

बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। घटना लुकाउन खोजिएको र आरोपीलाई पक्रन ढिला गरेको भन्दै स्थानीयले आइतबार दिउसो प्रदर्शन समेत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *