आज असार ३ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०३, २०७७ । ई.सं. 17 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । बुधवार आषाढ कृष्णपक्ष । तिथि एकादशी, ०७:३३ बजे उप्रान्त द्वादशी । नक्षत्र अश्विनी, ०६:२५ बजे उप्रान्त भरणी । योग अतिगण्ड, १५:१५ बजे उप्रान्त सुकर्मा । करण वालव ०७:३३ बजेदेखि कौलव, २०:२७ बजे उप्रान्त वणिज । चन्द्रराशि मेष । आनन्दादि योग मृत्यु । दिनमान ३४।३५ । सूर्योदय ०५:१० । सूर्यास्त १९:०० । योगिनी एकादशी व्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि नयाँ योजना छोटो यात्राको सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त र सहकर्मिको सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *