स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा फाती र मेसीको गोल

काठमाडौं । स्पेनिस ला लिगा मा बार्सिलोनाले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसमाथि २-० गोल अन्तरको जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा अन्सु फाती र लियोनेल मेसीले एक एक गोल गरेका थिए । फातीले खेलको ४२औ मिनेटमा गोल गरेका थिए भने मेसीले खेलको ६९औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस खेलमा गोल गरेसँगै मेसीको क्यारियरमा क्लब र देशका लागि गरि ६९९ गोल पुगेको छ ।

यो जितपछि बार्सिलोनाले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलमा ६४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले अगाडी भएको छ । २८ खेल खेलेको रियल भने विहिबार भलेन्सियाविरुद्ध खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *