‘सामाजिक कार्यमा रमाउँदै १६ वर्षे कृशल आले मगर’
विराटनगर ।
साँघुरो गल्लिमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ’
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
भूपि शेरचनको कबिताका हरफ झैँ यो समय विश्व कोरोनाको सन्त्रासले मानिसहरु भयभीत छन् । भने रोग लाग्न नदिन अर्थात संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगैे दैनिक काम गरेर भोको पेट भर्दै सडकपेटीमा बस्ने मानिसहरु भोकले छटपाएका छन् ।रोगसँगै भोकको पीडालाई मध्यनजर गर्दै विराटनगरका युवाहरुले साँझ-बिहान निःशुल्क खाना खुवाउने हाम्रो अभियान सुरु गरे अर्थात सडकपेटीमा बसेर जीवन व्यतित गर्नेहरुको साहारा बनेका छन् ।
निःशुल्क खाना खुवाउने हाम्रो अभियानका १६ वर्षे कृशल आले मगर हुन् सबैभन्दा कान्छो सामाजिक अभियन्ता । विराटनगर-११ का कृशल विकेभिएम कलेजमा कक्षा ११ मा अध्ययनरत छन् । उनी एक कुशल बासकेटबल खेलाडी पनि हुन् । खेल यात्रासँगै भाविष्यमा ईन्जिनियर बन्ने लक्ष्य राखेका मगर भन्छन्- ‘पढाईलाई पनि निरन्तरता दिँदै सामाजिक कार्यमा यसरी नै निरन्तर अघि बढिरहन्छु ।’
००००
कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गते लकडाउनको घोषणा गरेसँगै स्कुल कलेज बन्द भए । कलेज बन्द भएसँगै कृशल फुर्सदिला भए । हतार हतार कलेज जान परेन, पढाई पनि कम गर्न परेकाले परिवारसँग बस्न पाउँदा केहि दिन रमाईलो लागेको थियो उनलाई ।
जब बन्दाबन्दी लम्बिदै गयो ।रमाईलो भन्दा पनि छटपटी धेरै बढ्न थाल्यो, के गरौँ कसो गरौ वेचैन हुन थाल्यो मन उनले भने । उनीसँगै पढ्ने साथी कोहि खेल्न रमाईलो गर्न तिर लागेको भए पनि आफुलाई केहि फरक गरौँ भन्ने सोँच आएको थियो उनलाई । ‘म लकडाउनको केहि दिनपछि डिप्रेशनमा जान लागेको थिए, जब ओसिम आलम अङकलले निशुल्क खाना खुवाउने अभियान सुरु गर्नुभयो मलाई पनि समाजको लागि केहि गर्छु भन्ने धारणा जाग्यो ।’सडकपेटीमा बसेकालाई खाना खुवाउने ईच्छा आफ्नो पनि भएको उनले केहि दिनपछि युवा नेता ओसिम आलमलाई सुनाए । जिम्मेवारी बहन गर्न उमेरले फरक पार्दैन, काम गर्नुसक्नुपर्छ भन्ने आलमको भनाई अनुसार उनले निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका थिए । उनलाई परिवार, जनपथ टोलका टोलबासी र साथीभाईहरुको राम्रो साथ र सहयोग मिलेको थियो । उनीसँगैका कतिपय साथिहरु लागुपदार्थ सेवनमा फसेका पनि छन् तर उनलाई सानै देखि जिम्मेवारी छोरा बन्न आमाले प्रेरणा दिएकी थिईन् ।
००००
७८ औँ दिन पुग्यो सडक पेटीमा बसेकालाई खाना खुवाएको, उनको यात्रा निरन्तर अघि बढिरहेको छ । उनीसँगै अभियानमा लागेका साथीहरु पारिवारीक दवावले गर्दा छोडिसकेका छन् । उनी आफु सुरक्षित रहेर, सकेसम्म डाक्टरको सल्लाह अनुसार स्वास्थ्य सामाग्री प्रयोग गर्दै अभियानमा खटिरहेका छन् ।
उनि भन्छन्- ‘आजभोली त सडकमा बसेकाले खाना खाएकी खाएको छैन भन्ने चिन्ता लाग्न थालेको छ, उनीहरुको खुशीमा मे मेरो खुशी खोज्न थालेको छु ।’परिवारबाट धेरै नै साथ र हौसला मिलेको छ उनलाई । ‘आफू घर पुग्दा मेरो छोरालाई खाना बाढ्न पठाउँदा त, युद्धमा पठाए झैँ लाग्छ’ आमाले भनेको यो शब्दले धेरै हौसला मिल्ने गरेको छ उनलाई । लकडाउन खुकुलो भएसँगै बिहान सडकमा बसेर दैनिक काम गर्नेहरु काममा जान थालेका छन् ।
बिहानको लागि खासै चिन्ता छैन उनी लगायत निःशुल्क खाना खुवाउने हाम्रो अभियान टिमलाई । साँझको लागि भने अझै निरन्तरता दिई नै रहेका छन् । उनी भन्छन्- ‘सायद यो नि:शुल्क खाना खुवाउने ‘हाम्रो अभियान’ युवा नेता ओसिम आलमले सुरु नगरेको भए, म यो समय डिप्रेसनमा जाने थिए होला, यो सामाजिक अभियानले डिप्रेशन जितेको महशुस महसुश भएको छ ।’
उनलाई साथ दिने, आमाबुवा, ओसिम आलम र टिम, जनपथ टोल साथै उनलाई साथ दिने साथि प्रिजम थापाप्रति उनी आभार व्यक्त गर्दछन् ।