बेइजिङका सयौँ उडान र रेलसेवा रद्द, विद्यालय पनि बन्द

काठमाडौं । चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार  करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।  बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुँदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ ।

कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङका सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ । (रासस/पिटिआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *