नेपाल चेम्बरले राष्ट्र बैङ्कका गभर्नरलाई दियो ४० बुँदे सुझाव : मौद्रिक नीतिमा सम्पूर्ण व्यावसायिक क्षेत्र सम्बोधन गर्नुपर्ने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आव २०७७/७८को मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी समक्ष ४० बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

अध्यक्ष श्रेष्ठले कोभिड-१९ को विषम परिस्थितिमा बजेट मार्फत निजी क्षेत्रको समस्या र माग बारे अपेक्षा गरे बमोजिम सम्बोधन हुन नसकेको सन्दर्भमा समस्त व्यवसायी क्षेत्रले मौद्रिक नीतिबाट सम्बोधन हुने आशा राखेको बताए ।

अध्यक्ष श्रेष्ठले चेम्बरका सुझावहरू बुँदागत रूपमा प्रस्तुत गर्दै नेपाल राष्ट्र बैङ्क नेपाल सरकारको सल्लाहकारको भूमिका समेत निर्वाह गर्ने भएकोले कोभिड-१९बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न र वर्तमान अवस्थामा बन्द भएका आर्थिक गतिविधिहरू चलायमान बनाउन व्यवसायीक क्षेत्रका अन्य मागहरूलाई सम्बोधन गरी व्यवसायीक वातावरण बनाउन पहल गरी दिने विश्वास चेम्बरले लिएको बताए ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत अधिकांश सुझावहरू वर्तमान परिस्थिति बमोजिमको यथार्थ माग अनुसार नै रहेको बताउँदै अहिले तरलता, रेमिट्यान्स प्रवाह एवम् विदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा रहेकोले लगानीको लागि पुँजीको अभाव नरहेको बताए । उनले उद्यमी व्यवसायीहरूको खाँचो रहेको ल्याउँदै नेपाल राष्ट्र्रवैंक समस्त व्यवसायीक कारोबार डिजिटाइज्ड गर्ने तर्फ प्रयत्नशील रहेको बताए । उनले यसका लागि निजी क्षेत्रको सहयोगमा मात्र सम्भव हुने भन्दै सहयोग गर्न आव्हान गरे ।

यस्तो छ मौद्रिक नीति २०७७/७८ का लागि ४० बुँदे सुझाव

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977009695″ /]

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *