आईओएमको डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन जनाको नामबाट शाहको नाम टुङ्गो लगाएको हो । डिन नियुक्तिको लागि प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कमिटीले डा. प्रदीप वैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् । आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *